बजारमा 'गार्मीन हूड प्लस'

बजारमा 'गार्मीन हूड प्लस'


IMG_1226बोर्डन, बेलायत/ बेलायत लगायत अन्य बिदेशी देशहरुमा बस्ने नेपालीहरुलाई थाहा भएकै हो स्याटनेभ को बारेमा यसको बारेमा चर्चा गर्नु नपर्ला । अहिलेका मानिसहरु यति साह्रो टेक्नोलोजीमा भर परेका छन् कि यो बिनाको जीवन कल्पनै गर्न नसक्ने अवस्थामा पुगेका छौं । बेलायतमा प्रत्येक गाडी चलाउने व्यक्तिहरु यो स्याटनेभबिना गाडी चलाउनै नसक्ने अवस्थामा छन्, यसैको निर्देशनमा गाडी चलाउँछन्, जसलाई हामी टमटम पनि भन्ने गर्दछौं ।

स्याटनेभसम्वन्धी समानहरु उत्पादन गर्ने कम्पनी गार्मीनले अहीले बेलायती बजारमा ‘गार्मीन हूड प्लस’ ल्याएको छ । यो अाफैमा स्याटनेभ हैन तर सहयोगी मात्र हो । यसले चालकहरुले गाडी चलाउँदा चालकको ध्यान नेभिगेसनतिर नगई अगाडी बाटोमा राख्न मद्दत गर्दछ जसले गर्दा दुर्घटना कम हुनमा मद्दत गर्दछ । यसले प्रोजेक्टरको मद्दतबाट सीधा चालकको गाडीको सीसामा देखाउँदछ ।

यो साधरण नेभिगेसनको साईजको छ जसलाई कारको ड्यासबोर्डमा राख्नु पर्दछ र प्लाष्टीकको स्क्रिनलाई कारको सीसामा हेर्न सजिलो हुने गरेर टाँस्नु पर्दछ, जसमा यसले जाने बाटो देखाउँदछ । यसले अाफै बाटो देखाउने या सूचना दिनेचाहिँ हैन । मोबाईल फोनलाई ब्लुटुथको माध्यमबाट यस गार्मीन हुडमा कनेक्ट गरेर प्रयोग गर्नु पर्दछ तर याद राख्नु पर्ने कुरा, फोनमा यस गार्मीनको फ्री हुड एप्स डाउनलोड गर्नु पर्दछ ।