संस्थापन पक्षले धाँधली गरेको भन्दै कांग्रेस सप्तरीको चुनावमा मतपत्र च्यातियो, चुनाव स्थगित

संस्थापन पक्षले धाँधली गरेको भन्दै कांग्रेस सप्तरीको चुनावमा मतपत्र च्यातियो, चुनाव स्थगित


  • सुधा देव, सप्तरी

नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि शनिबार सुरु भएको मतदान रोकिएको छ । रूपनी गाउँपालिका ५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा विहान ११ बजदेखि मतदान सुरु भएको थियो ।

सहज रूपमा ५० प्रतिशत मतदान भइसकेपछि विवाद सुरु भएको थियो । मतपत्र च्यातेर दुवै पक्षबीच विवाद भएपछि साँझ ५ बजे मतदान प्रक्रिया रोकिएको निर्वाचन अधिकृत रुद्र शर्माले जानकारी दिए ।

नेतृत्वका लागि उम्मेदवार रहेका संस्थापन र संस्थापन इतर प्यानलबीच विवाद भइ मतपत्र च्याताच्यात भएपछि मतदान रोकिएको हो ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका संस्थापनइतरका नेता तेजुलाल चौधरीले संस्थापन पक्षले नक्कली मतदातालाई मत हाल्न लगाएर धाँधली गर्न खोजेको आरोप लगाए । विवादकै क्रममा दुई सय मतपत्र लुटिएको निर्वाचन समितिले जनाएको छ । चुनावमा मतदान गर्ने कुल २५ सय १० मतदाता रहेको जनाइएको छ ।