एनसीसी बैंक र नारायणी अस्पतालबीच सम्झौता

एनसीसी बैंक र नारायणी अस्पतालबीच सम्झौता


चितवनको भरतपुरमा अवस्थित नारायणी सामुदयिक अस्पताल र नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक)बीच ग्राहक र बैंकका कर्मचारीलाई सेवा-सुविधा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । चितवनको भरतपुरमा अवस्थित नारायणी सामुदयिक अस्पतालमा एनसीसी बैंकका भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीहरुलाई थप सेवा सुविधा प्रदान गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको हो ।

उक्त सम्झौतामार्फत बैंकको भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीहरुलाई चितवनको भरतपुरमा अवस्थित नारायणी सामुदयिक अस्पतालमा बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा ओपीडी र अन्य सेवाहरु (औषधि, सीटी स्क्यान र प्रत्यारोपण बिक्रीबाहेक) मा १० प्रतिशत छुट प्राप्त हुने एनसीसी बैंकले जनाएको छ ।

देशैभर शाखा सञ्जाल रहेको एनसीसी बैंकले ७ वटै प्रदेश गरी १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटिएममार्फत ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतप्राप्त एनसीसी बैंक विगत २५ वर्षदेखि आम नागरिकका माझ विश्वासिलो बैकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रिय रुपमा सहभागी हुँदै आएको छ ।