ज्यादति गरेर ज्यान लिने सवारीचालकलाई प्रहरीले संरक्षण दिएपछि…

ज्यादति गरेर ज्यान लिने सवारीचालकलाई प्रहरीले संरक्षण दिएपछि…


स्थानीयद्वारा प्रहरीचौकी तोडफोड

  • कपिलवस्तु प्रतिनिधि

गयराति कपिलवस्तुको ओदारीमा भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको विषयमा उत्पन्न तनावपछि प्रहरीचौकीमा स्थानीयले तोडफोड र आक्रमण गरेका छन् ।

भारतीय ट्रकले अटोरिक्सा चालकलाई ठक्कर दिएपछि लडेका ब्यक्तिलाई करिव ७०र८० मिटर जति घिसारेर मारेको भन्दै स्थानीय आक्रोशित भएका हुन् ।

जिल्लाको बाणगंगा नगरपालिका वडा नं ११ को ओदारी सवारी दुर्घटनामा वडा न ११ का अनिल मगरको मृत्यु भएको हो । अटोरिक्सा चालक रहेका उनको भारतीय गाडीसँग ठक्कर खाँदा घटनास्थलमा मत्यु भएको हो । चालक र गाडी अहिले प्रहरी नियन्त्रणमा रहेका छन् ।

ठक्करपछि करिव ८० मिटर घिसारेपछि उनको मृत्यु भएको स्थानीयले बताएका छन् । ट्रकका चालकलाई प्रहरीले संरक्षण दिएको भन्दै प्रहरीमाथि आक्रोश पोखिएको हो । प्रहरीले गएराती नै बल प्रयोग गरेर शव उठाएपछि तनाव बढ्दै गएको छ । आज बिहानैबाट प्रहरीचौकी घेराउ गरेर स्थानीयले धर्ना दिएका छन् ।

कुनै पनि बेला थप तनाव हुने देखेपछि प्रशासनले सशस्त्र समेत परिचालित गरेको छ । राति दर्जनौँ राउण्ड अश्रुग्यास प्रहार गरेर भिड नियन्त्रणमा लिइएको थियो । तौलिहवा जीतपुर सडक रातिदेखि नै अवरुद्ध छ ।