विद्यालयबाट घर फर्कंदै गरेकी किशोरीको ट्रकले ठक्कर दिँदा मृत्यु

विद्यालयबाट घर फर्कंदै गरेकी किशोरीको ट्रकले ठक्कर दिँदा मृत्यु


विद्यालयबाट घर फर्कंदै गर्दा ट्रकको ठक्करबाट धनगढीमा एक किशोरीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सोमबार अपरान्ह धनगढी-अत्तरिया ६ लेन सडकमा बा२ख ५१५५ नम्बरको ट्रकले ठक्कर दिँदा धनगढी-१३ की १६ बर्षिया किशोरी सरस्वती कुँवरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीका अनुसार साइकलमा सवार ती किशोरीलाई विद्यालयबाट घर फर्कने क्रममा जेब्रा क्रसिङ प्वाइन्टमै ट्रकले ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो ।

गम्भीर घाइते किशोरीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता जोशीले बताए । घटनापछि टक र गोदावरी नगरपालिका४ चालक गणेश लामालाई प्रहरीले नियन्त्रणमा लगेको छ ।