नहरमा भेटिए दुई पुरुषका बेवारिसे शव

नहरमा भेटिए दुई पुरुषका बेवारिसे शव


  • संजय कुशवाहा, नवलपरासी

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ७ गुठी सुर्यपुरामा दुई पुरुषको बेवारिसे शव भेटिएको छ । सोमबार दिउँसो गुठी सुर्यपुरामा पावरहाउसको अगाडि मुख्य पश्चिमी गण्डक नहरमा शव बगिरहेको अवस्थामा स्थानीयहरूले देखेर प्रहरीलाई खबर गरेपछि प्रहरीले शवलाई नियन्त्रणमा लिएको थियो ।

नहरमा भेटिएका एक मृतकको खल्तीबाट भारतीय आधार कार्ड भेटिएको छ । मृतकको खल्तीमा रहेका अधार कार्डअनुसार भारतको गोरखपुर बस्ने वर्ष ४५ का कमलेश भन्ने पहिचान खुलेको छ ।

सोही ठाउँमा भेटिएका अर्का मृतक अन्दाजी ३० वर्ष उमेरका रहेका र मृतकको पहिचान हुन सकेको छैन ।

शवबारे थप अनुसन्धान भइरहेको र दुवै शवलाई पोस्टमार्टमको लागि पृथ्वीचन्द्र जिल्ला अस्पताल परासी पठाइएको सशस्त्र प्रहरी बल गुठी परसौनीका सशस्त्र प्रहरी निरीक्षक सन्तोष खरेलले जानकारी दिएका छन् ।