अर्थमन्त्रीसँग प्रधानमन्त्री असन्तुष्ट

अर्थमन्त्रीसँग प्रधानमन्त्री असन्तुष्ट



प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल पुनर्गठन गरेर ‘चुस्त मन्त्रिमण्डल’का साथ निर्वाचनमा जाने योजना बनाएको चर्चा चल्नासाथ देउवामाथि मन्त्री रहेकाहरूले टिकिरहन र नभएकाहरूले मन्त्री बन्न दबाब बढाउन थालेका छन् ।

प्राप्त जानकारीअनुसार प्रधानमन्त्री देउवा अर्थमन्त्री जनार्दन शर्माको कामबाट ज्यादै नै असन्तुष्ट रहेका छन् । केपी ओलीको कार्यकालका अर्थमन्त्री युवराज खतिवडा भन्दा पनि जनार्दन नालायक रहेको देउवाको बुझाइ छ । त्यसैले अर्थमन्त्री बदल्ने बारेमा देउवाले प्रचण्डसँग पनि वार्तालाप गरिसकेको बताइन्छ ।

या त अर्थशास्त्र र अर्थतन्त्रबारे राम्रो ज्ञान भएका मानिस दिनुहोस् या हामीलाई अर्थ मन्त्रालय छोडिदिनुहोस् भनी देउवाले प्रचण्डलाई भनेको बुझिएको छ । तर प्रचण्ड अर्थ मन्त्रालय छोड्ने पक्षमा छैनन्, छोड्नैपर्ने भए गृहमन्त्रालय आफूले पाउनुपर्ने भनाइ प्रचण्डको छ ।

प्रेम आले र रामकुमारी झाँक्रीले मन्त्रिमण्डलमा निरन्तरता प्राप्त गर्ने स्थिति भए पनि अन्यको हकमा के हुने भन्ने बुझिएको छैन । निर्वाचन आचारसंहिता लागु हुनुअगाडि नै मन्त्रिमण्डल पुनर्गठन गरिसक्ने सोच प्रधानमन्त्रीले बनाएका छन् ।