स्थानीय तह निर्वाचनका लागि आयोगद्वारा ७९ दललाई मान्यता (दलको लिष्टसहित)

स्थानीय तह निर्वाचनका लागि आयोगद्वारा ७९ दललाई मान्यता (दलको लिष्टसहित)


निर्वाचनमा लड्न ऋषि कट्टेलको नेकपाले पाएन मान्यता

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि ७९ दललाई मान्यता दिएको छ । आयोगमा दर्ता भएका १ सय ११ राजनीतिक दलमध्ये ८० राजनीतिक दलले स्थानीय तह निर्वाचनमा भाग लिनका लागि निवेदन दिएका थिए ।

बिहीबार बसेको आयोगको बैठकले ऋषि कट्टेल नेतृत्वको नेकपाबाहेक निवेदन दिएका अन्य सबै दललाई निर्वाचनमा भाग लिन मान्यता दिएको छ ।

आयोगले स्थानीय तहको निर्वाचनमा सहभागी हुन चाहने राजनीतिक दलहरूलाई ५ फागुनदेखि १५ गतेसम्म दल दर्ताको निवेदन दिन समय निर्धारण गरेको थियो ।

ऋषि कट्टेल नेतृत्वको नेकपा बाहेकका मान्यता पाउने दलहरु निम्न छन् –