कर्णालीमा १३२ केभी प्रसारणलाइन पुर्‍याउनेबारे छलफल

कर्णालीमा १३२ केभी प्रसारणलाइन पुर्‍याउनेबारे छलफल


कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङबीच कर्णालीमा विद्युत् प्रसारणलाइन पुर्‍याउनेबारे छलफल भएको छ । मुख्यमन्त्री शाही र घिसिङबीच कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शनिबार छलफल भएको हो ।

छलफलका क्रममा कर्णालीमा विद्युत प्रशारणलाइन विस्तारमा देखिएका समस्या र समाधानका विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा निर्देशक घिसिङले एक वर्षभित्र कर्णालीमा १३२ केभी प्रसारणलाइन पुर्याउने, कैलालीको सोल्टा र दाङ हुँदै सल्यानबाटसमेत ३३–३३ केभी प्रसारणलाइन ल्याउने प्रक्रिया शुरू गरिएको बताए ।

यस्तै, निर्देशक घिसिङले साविक कर्णाली अञ्चलका पाँच जिल्लामा २/२ मेगावाटका सोलार प्लान्ट स्थापना गर्ने प्रक्रियाको पनि थालनी गरिएको जानकारी दिए ।

भेटका क्रममा मुख्यमन्त्री शाहीले कर्णालीमा विद्युत उत्पादनको सम्भावना धेरै भएपनि हाल ८ मेगावाट मात्रै विद्युत उत्पादन भइरहेको घिसिङले जानकारी गराएका थिए ।

मुख्यमन्त्रीको कुराको जभाव दिँदै निर्देशक घिसिङले अहिलेको ३३ केभी प्रशारणलाइनका कारण कर्णालीबासीले विद्युतको ठूलो समस्या भोगिरहेको प्रति प्राधिकरण निरन्तर लागिपरेको र १३२ केभी प्रशाणलाइनको काम चाँडो सम्पन्न गर्न निर्देशन दिने प्रतिवद्धता पनि व्यक्त गरे ।