डेढ वर्षीया बालिकाको बलात्कार गरी हत्या, दुई जना पक्राउ

डेढ वर्षीया बालिकाको बलात्कार गरी हत्या, दुई जना पक्राउ



डेढ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी हत्या गरेको अभियोगमा मोरङको सुन्दरहरैचा नगरपालिका-७ बस्ने २५ वर्षीय अजय चौधरी र सोही ठाउँ बस्ने २८ वर्षीय मिथुन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

घरमा खेल्दै गरेको अवस्थामा शुक्रबार साँझ हराएकी बालिका सुन्दरहरैँचा नगरपालिका-७ गणेशपुरस्थित बनमारा बयरघारीमा अशक्त अवस्थामा फेला परेकी थिइन् । उनको स्थानीय अस्पताल हुँदै नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको थियो ।

शुक्रबार दिउँसो अजय चौधरी सोही ठाउँस्थित गछिया खोलामा बालुवा चाल्दै गरेको अवस्थामा दाइ मिथुन चौधरीसँग भेट भएपछि केरा बगानमा गएर गाँजा खाइ अजयले बालिकाको घरमा गएर कोही नभएको मौकामा बालिकालाई बोकी बनमारा झाडीमा लगेको, करणी गर्ने क्रममा बालिका रुन थालेपछि टाउकोमा बियरको बोतल तथा ढुंगा समेतले हानी करणी गरेको र पछि मिथुनले समेत जबर्जस्ती करणी गरी सोही स्थानमा छोडेको प्रारम्भीक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट प्रहरीले रगत लागेको २ थान ढुंगा, एक थान बियरको बोतल र पीडितको एक थान सुरुवाल बरामद गरेको जनाएको छ ।