एमाले सचिवालय बैठक बालकोटमा बस्दै

एमाले सचिवालय बैठक बालकोटमा बस्दै


नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो ३ बजे बैठक बस्ने भएको हो ।

बैठकमा केन्द्रीय कमिटी र पोलिटब्युरो बैठकको मिति र एजेण्डा तय गर्नेबारे छलफल हुने पार्टी उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए ।

दुवै बैठक स्थानीय तह निर्वाचन केन्द्रित विषयमा छलफल गर्न बोलाउन लागिएको नेता ज्ञवालीको भनाइ छ । स्थानीय निर्वाचन आउन मुस्किलले दुई महिना बाँकी छ ।

निर्वाचन अभियान आक्रमक ढंगले सञ्चालन गर्न दुवै तहको बैठकबाट थप निर्णय गरेर अघि बढ्ने उपाध्यक्ष ज्ञवालीले बताए ।