केपी ओली विपक्षी रहेको मन्त्रिपरिषद् विस्तारसम्बन्धी मुद्दामा सुनुवाइ हुँदै

केपी ओली विपक्षी रहेको मन्त्रिपरिषद् विस्तारसम्बन्धी मुद्दामा सुनुवाइ हुँदै


पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विपक्षी रहेको मन्त्रिपरिषद् विस्तारसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा. कुमार चुडालको इजलासमा मुद्दाको पेसी तोकिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गत वर्षको पुस १४ र अधिवक्ता लोकेन्द्र वलीले पुस १३ गते तत्कालीन प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरूद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।

उनीहरूले प्रतिनिधिसभा विघटनपछि सरकार काम चलाउ हुँदा मन्त्रिपरिषद् विस्तार गर्नु असंवैधानिक भन्दै विस्तार गर्ने निर्णय खारेज गर्न माग गरेका थिए ।

मन्त्रिपरिषद् विस्तार गर्ने केपी ओली हाल विपक्षी दलका नेता हुन्, तर मुद्दाको टुंगो लागेको छैन । ओलीले प्रतिनिधिसभा विघटन गरेको तीन दिनपछि १० पुस, २०७७ मा मन्त्रिपरिषद् विस्तार गरेका थिए ।