चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणको सिलसिलामा शुक्रबार काठमाडौं आउने भएका छन् । नेपाल र चीन दुवै देशले वाङको नेपाल भ्रमणको आज औपचारिक घोषणा गर्दै छन् ।
विदेशमन्त्री वाङले यही चैत ११ देखि १३ गतेसम्म नेपालको भ्रमण गर्नेछन् । तय भएको कार्यक्रमअनुसार चिनियाँ विदेशमन्त्री चैत ११ गते बेलुकी काठमाडौं आइपुग्ने छन् ।
वाङको महत्त्वपूर्ण कार्यक्रमहरु सबै चैत १२ र १३ गतेलाई राखिएको छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चैत १२ गते नेपाल(चीन परराष्ट्रमन्त्री स्तरिय द्विपक्षीय बैठक बस्नेछ ।
नेपाल भ्रमणको बेला उनले रास्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अन्य प्रमुख दलका शिर्ष नेताहरुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।
चिनियाँ विदेशमन्त्री वाङ चैत १३ गते साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया