शेखर र प्रकाशमानद्वारा पौडेलले बोलाएको भेला ‘बहिष्कार’ !

शेखर र प्रकाशमानद्वारा पौडेलले बोलाएको भेला ‘बहिष्कार’ !


नेपाली कांग्रेस केन्द्रीय समिति बैठकअघि रामचन्द्र पौडेलले बोलाएको जिल्ला सभापतिहरूको भेलामा शेखर कोइराला र प्रकाशमान सिंह अनुपस्थित भएका छन् ।

नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनदेखि स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने बारेमा राय लिनका लागि पौडेलले बोलाएको बैठकमा कोइराला र सिंह अनुपस्थित भएका हुन् । पौडेलले डाकोको भेलामा यी नेताको अनुपस्थितिलाई अर्थपूर्ण ठानिएको छ ।

काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरूलाई बोलाएर केन्द्रीय समिति बैठकमा धारणा राख्नुअघि राय माग्नका लागि बोलाएको बैठकमा पूर्व महामन्त्री शशांक कोइराला भने उपस्थित भएका छन् ।