कपिलवस्तु महोत्सवमा दर्शकसवार डुंगापिङ दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
शुक्रबार साँझ भएको दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले गम्भीर घाइतेको उपचारको लागि बुटवल लगिएको बताएका छन् ।

गम्भीर घाइते हुनेमा बाणगंगा नगरपालिका वडा नम्बर १ का अर्जुन क्षेत्री, सिर्जना थारु र कपिलवस्तु नगरपालिका वडा नं. ९ का आकृति खनाल रहेका छन् ।
यसैगरी सामान्य घाइते हुनेमा शितगंगा नगरपालिका २ मनीषा क्षेत्री, बाणगंगा नगरपालिका वडा नं. ४ का आशिका बिसी, अञ्चल पुन, बमबहादुर क्षेत्री, वडा नं.८ का सीमा खत्री, महिमा चौधरी, सिर्जना सुनार, वडा नं. ९ का कृष्ण घर्ती मगर रहेका छन् ।
प्रतिक्रिया