‘बेको’को ‘सेट अ न्यु ट्रेडिसन’ योजना सार्वजनिक

‘बेको’को ‘सेट अ न्यु ट्रेडिसन’ योजना सार्वजनिक



यूरोपियन इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नजिकै आएको नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ‘Set A New Tradition’ नामक योजना सार्वजनिक गरेको छ ।

उक्त योजनाअन्तर्गत बेको ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक उपहारहरू प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । जसअनुसार वसिङ मसिन र वासर ड्राएरको खरिदमा ६ के.जी.को एरिएल वशिङ पाउडर उपहार पाइन्छ भने डिसवासरको खरिदमा १ प्याकेट फोर्चुन डिसवासर ट्याब्लेटका साथै पिजन फ्राइ प्यान उपहार पाईन्छ ।

उक्त योजना चैत्र ११, २०७८ देखि सीमित अवधिका लागि लागू गरिएको कम्पनीले जनाएको छ ।

बेको ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी इओएल रहेको छ । सिजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो बिक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ ।

कम्पनीका सिजी डिजिटल शोरुमहरू काठमाडौंभित्र टङ्गाल, कुमारीपाटी, भक्तपुर राधे राधे, कीर्तिपुर, रविभवन, हातिगौँडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौंबाहिर इटहरी, हेटौंडा र भरतपुरमा रहेका छन् ।