सिंहदरबारमा नेपाल र चीनका विदेशमन्त्रीबीच भेटवार्ता

सिंहदरबारमा नेपाल र चीनका विदेशमन्त्रीबीच भेटवार्ता


परराष्ट्रमन्त्री डा. नारायण खड्का र चीनका विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।

नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय बैठकमा सहभागी हुन चिनियाँ विदेशमन्त्री वाङ यी शनिबार अपराह्न सिंहदरबार पुगेका थिए ।

त्यसलगत्तै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा द्विपक्षीय बैठक शुरु भएको थियो ।

बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा नारायण खड्काले र चीनको नेतृत्व चिनियाँ विदेशमन्त्री वाङले गरेका थिए । नेपाल–चीन द्विपक्षीय सम्बन्धका सबै आयामहरुमा बैठकमा छलफल भएको जनाइएको छ । बैठकपछि दुई देशबीच केही सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने जनाइएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ नेपालको तीन दिने भ्रमणको सिलसिलामा शुक्रबार काठमाडौं आइपुगेका हुन् ।