भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री देउवा

भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री देउवा


photo: rss

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा देउवा भारत पुगेका थिए ।

भारतको तीनदिवसीय भ्रमण सकेर प्रधानमन्त्री देउवा आइतबार साँझ स्वदेश फर्किएका हुन् । भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाको भारतीय समकक्षी मोदीसँग एक्लाएक्लै वार्तासहित प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो ।

मोदीसँगको भेटमा देउवाले सीमा समस्याको विषयमा समेत कुरा उठाएका थिए ।

देउवाको भ्रमणका क्रममा नेपाल र भारतबीच ४ वटा विषयमा सम्झौता समेत भएको छ ।