विज्ञको विज्ञापन

विज्ञको विज्ञापन


  • रामहरि बाजे

मैले हुर्काएका धेरै रुखहरू ओइलिएका छन्
तिनका मुनाहरूमा रङ्गीचङ्गी ढुसी लागेछ
कोपेन हेगन सम्मेलनको तालिम खेर गयो !
रोगै नचिनी औषधि छर्नेले मात्र जागिर खाए.. ?
काँटछाँट गर्ने बहानामा विज्ञ रूपधारीले
मूल-मूल मुना नै काटी नासै गरिदिएछन्
नकावधारी विज्ञलाई कसैले चिन्नै सकेनन् !
यस वर्षको कल्मी गर्ने मुनाको ठूलै खाँचो छ
आयातित बिउहरूमा भुस फलेको यादै होला !
माउ बृक्ष नै मुर्झाएकोले त्यसमा बिउको आशा छैन !
मेरो बँगैचाको नस्ल सुधार गर्ने सु-विज्ञको,
खोजीमा विज्ञापन हुँदैछ, सु-विज्ञले मात्र,
बेनकाव फोटोसहित निःशुल्क निवेदन गर्नु
सुकार्य गर्दै प्रशिक्षण गराउने मूल कार्य हुनेछ
फार्मकै खेतालाले छनोट गर्ने मूल नियम छ
तलब-भत्ता कार्य कुशलता अनुकुल हुनेछ !

  • विदुर-४, नुवाकोट