विनयमोहन क्वात्रा भारतको नयाँ विदेशसचिव

विनयमोहन क्वात्रा भारतको नयाँ विदेशसचिव


नेपालका लागि मित्रराष्ट्र भारतका राजदूत विनयमोहन क्वात्रा भारतको नयाँ विदेशसचिवमा नियुक्त भएका छन् ।

राजदूत क्वात्रालाई सोमबार विदेशसचिव नियुक्त गरिएको हो । अहिलेका सचिव हर्षवर्द्धन श्रींगला सेवाबाट अवकाश भएपछि क्वात्राले विदेशसचिवको जिम्मेवारी सम्हाल्नेछन् ।

क्वात्रा दुई वर्षअघि नेपालको राजदूत नियुक्त भएका थिए ।

नेपाल आउनुअघि क्वात्राले भारतको विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालय, अमेरिकास्थित भारतीय दूतावासमा काम गरेका थिए ।