नवलपरासीकी लक्ष्मीले जापानमा रोजिन् मृत्यु !

नवलपरासीकी लक्ष्मीले जापानमा रोजिन् मृत्यु !


  • टोकियो प्रतिनिधि

नेपालीहरुको बाक्लो बसोबास रहेको जापानको टोकियोस्थित सिन्जुकु सिटीमा नवलपरासीस्थित मध्यबिन्दु नगरपालिका–१४ घर भएकी २७ वर्षीया लक्ष्मी केसीको मृत्यु भएको छ ।

आफ्ना दिदी–भिनाजुसँगै सिन्जुकुस्थित सिनओकुबूमा नेपाली घर उपमा पाएको मेन्सन (भाडाको घर) मा बस्ने केसीले आफैले मृत्यू रोजेको अवस्थामा भेटिएको थियो ।

विद्यार्थी भिषामा जापान प्रवेश गरेकी केसीले विद्यार्थी-जीवनको समाप्तिपछि कम्पनीमा कामदारका रुपमा भिषा परिवर्तन गरेकी थिइन् । लक्ष्मीले के-कति कारणले यस्तो अप्रिय निर्णय लिन बाध्य भइन् ? यसको भरपर्दो उत्तर पाउन नसकिएको उनका नजिकका आफन्तले बताएका छन् ।

केसीको शवलाई अनुसन्धानका लागि जापान प्रहरीले लगेको छ । जापानस्थित केसीका आफन्तले दिएको जानकारी अनुसार बुधबार (२३ चैत)सम्ममा पोष्टमार्टम रिपोर्ट आउने र मृत्युको कारण पत्ता लाग्नेछ ।

मृत्युको खबरपछि परिवार शोकमा

आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी केसीको मृत्युको खबरले नवलपरासीमा रहेका घर-परिवार आँशुमा डुबेको केसीकी दिदीले बताइन् । सँगै बस्ने बहिनीको यस्तो अवस्था देख्दा विछिप्त अवस्थामा रहेकी दिदीले पनि के-कति कारणले मृत्यु भएको हो त्यसबारेमा परिवारले सोधे पनि आफूसँग त्यसको कुनै जवाफ नभएको रुँदै बताइन् ।

नेपालमा रहेका बाबाआमाले लक्ष्मीको अन्येष्टि नेपालमै गर्ने इच्छा देखाएका छन् ।

जापानमा रहेका केसीका आफन्तले बाबाआमाको चाहना र सम्भावना बारेमा जापानस्थित संघ सस्थासँग सल्लाह गरी अगाडि बढ्नेजनाएका छन् ।