संविधान दिवसमा घोषित विभुषण राष्ट्रपतिद्वारा वैशाखमा प्रदान गरिने

संविधान दिवसमा घोषित विभुषण राष्ट्रपतिद्वारा वैशाखमा प्रदान गरिने


९०३ जनाले पाएका थिए विभुषण

संविधान दिवसका अवसरमा गत ३ असोजमा घोषणा गरिएका विभुषण आगामी १ वैशाखमा प्रदान गरिने भएको छ । संविधान दिवसका दिन ९०३ जनालाई विभुषण दिने घोषणा गरिए पनि कोरोना भाइरस महामारीका कारण पदक प्रदान गरिएको थियो । अब १ वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत् विभुषण प्रदान गरिने भएको गृह मन्त्रालयले जानकारी दिएको छ । त्यसका लागि १ वैशाख बिहान ९ बजे राष्ट्रपति निवास शितलनिवासमा समारोह हुनेछ ।

घोषित विभुषणमध्ये नेपालरत्न, राष्ट्र गौरव, महाउज्ज्वल राष्ट्रदीप, प्रवल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रबल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री र जनसेवाश्रीको पदक मात्र प्रदान गर्न लागिएको हो ।

राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्‍याउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ ।