चुनावी कार्यक्रम जतिबेला पनि गर्न नपाइने, आयोगले तोक्यो समय

चुनावी कार्यक्रम जतिबेला पनि गर्न नपाइने, आयोगले तोक्यो समय


निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा चुनावी कार्यक्रमका लागि समय तोकेको छ । आयोगले स्थानीय तह निर्वाचनको सन्दर्भमा मंगलबार एक निर्देशन जारी गर्दै जुलस, प्रचारप्रसासहितका कार्यक्रमका लागि समय तोकेको हो ।

आयोगले जारी गरेको निर्देशनको १७औं नम्बरमा यस्ता कार्यक्रमका लागि बिहान ८ बजेदेखि साँझ ७ बजेसम्मका लागि समय तोकिएको हो ।

‘जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचार प्रसारको कार्यक्रम गर्दा विहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्ने’- आयोगले जारी गरेको निर्देशनमा भनिएको छ ।

त्यस्तै आयोगले अनुमति बिना कार्यक्रम गर्न रोक लगाएको छ । आयोगले स्थानीय तह निर्वाचनको सन्दर्भमा मंगलबार एक निर्देशन जारी गर्दै जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्नु अघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा ७२ घण्टाअगावै जानकारी गराउनुपर्ने व्यवस्था गरेको हो ।