चौबिस घण्टा नबित्दै पित्तबहादुर ‘बालकोट’बाट फर्किए ‘खुमलटार’ !

चौबिस घण्टा नबित्दै पित्तबहादुर ‘बालकोट’बाट फर्किए ‘खुमलटार’ !


  • विकाश रौनियार, धादिङ

सोमबार नेकपा एमालेका अध्यक्ष केपी ओली निवास बालकोट पुगेर एमाले प्रवेश गरेका नेकपा माओवादी केन्द्रका नेता तथा वेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) पुनः माओवादी केन्द्रमै फर्किएका छन् ।

गत चैत २१ गते नेकपा एमालेका अध्यक्ष क. केपी ओली निवास बालकोटमा पुगेर डल्लाकोटी पार्टी एमाले प्रवेश गरेका थिए । त्यसलगत्तै उनलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फोन गरेर एमाले प्रवेश नगर्न अनुरोध गरेका थिए ।

प्रचण्डले बसेरै असन्तुष्टिहरु बारे छलफलबाट समाधान खोज्ने प्रस्ताव राखेका थिए जसमा जवाफस्वरुप डल्लाकोटिले आफू एमाले प्रवेश गरिसकेको जनाएका थिए ।

उनी माओवादी केन्द्रका प्रभावशाली नेतामध्यमै पर्दछन, त्यसैले पनि प्रचण्ड उनलाई गुमाउन चाहँदैनन् । प्रचण्डको प्रयास जारी थियो र मंगलबार बैठक बसी असन्तुष्टिहरुको सिघ्र सम्बोधन गर्ने शर्तमा डल्लाकोटी पुनः माओवादी केन्द्रमै फर्किएका हुन् ।

डल्लाकोटी धादिङ जिल्लाका १२ स्थानीय तहमध्ये माओवादीले जितेको एकमात्र पालिका प्रमुख र माओवादीका वागमती प्रदेश कमिटी सदस्य समेत हुन् ।