प्रचण्ड र बाबुरामको रोजाइमा एउटै महिला !

प्रचण्ड र बाबुरामको रोजाइमा एउटै महिला !


सत्ता गठबन्धनका प्रमुख नेताहरूबीच आ-आफ्ना मानिसलाई राजदूत बनाउने प्रतिष्पर्धा चलिरहेका बेला दुई माओवादी नेताहरू प्रचण्ड र बाबुराम भट्टराई दुवैको रोजाइमा एउटै महिला परेकी छन् ।

सृष्टि राणा नामक युवती डेनिस प्राजेक्टसम्वद्ध रहेर काम गर्ने रहश्यमयी व्यक्ति मानिन्छिन् । उनी कहिल्यै विवादमा नआएकी भए पनि सबै राजनीतिक दलका मूख्य नेताहरूसँग निकटको सम्बन्ध बनाउने, निरन्तर सम्पर्कमा रहने र ‘लो प्रोफाइल’मा रहेर ‘हाइ प्रोफाइल’का काममा संलग्न रहँदै आफ्नो काम पट्याउने शैलीका कारण सृष्टि राणालाई रहश्यमयी मानिएको हो ।

प्रचण्डको ‘गुडबूक’मा रहेकी सृष्टिलाई राजदूत बनाउन पछिल्लो समय बाबुराम भट्टराई निकै कस्सिएर लागिपरेका छन् । हाल दुई भिन्न राजनीतिक समूहमा रहेका प्रचण्ड र बाबुराम दुवैको रोजाइमा सृष्टि पर्नुलाई आश्चर्यजनक मानिएको छ । जसपाका नेताहरूले बाबुराको इच्छा पूरा हुन दिएको अवस्थामा सृष्टि राजदूत बन्ने निश्चित छ । बाबुरामले समेत सृष्टिलाई चाहेको जानकारी भएपछि प्रचण्डले सृष्टिको ठाउँमा अर्को कुनै नाम प्रस्ताव गर्ने सम्भावना छ ।