बाघले बेपत्ता बनाएकाको वृद्धको शव भेटियो

बाघले बेपत्ता बनाएकाको वृद्धको शव भेटियो


चितवनमा बाघको आक्रमणबाट बेपत्ता भएका वृद्धको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वी चितवनको खैरहनी नगरपालिका–१२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको हो ।

६५ वर्षीय रामप्रसाद धमलाको शव जितपुरघाटमा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ः०५ बजे घाँस काट्न गएका धमलालाई बाघले आक्रमण थियो ।

बाघले आक्रमण गरेर लगेपछि धमलाको खोजीका कार्यका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो । शव ११ः२० बजे भेटिएको हो ।