नयाँबजारमा श्री लालीगुराँसको सातौँ सदस्य सुविधा काउन्टर

नयाँबजारमा श्री लालीगुराँसको सातौँ सदस्य सुविधा काउन्टर



श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सातौँ सदस्य सुविधा काउन्टर काठमाडौंको नयाँ बजारमा सञ्चालनमा आएको छ । संस्थाले सो काउन्टरबाट सोमबारदेखि कारोबार शुरु गरेको हो ।

संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले नयाँबजारस्थित सदस्य सुविधा काउण्टरको उद्घाटन गर्दै शेयर सदस्यलाई सर्वसुलभ सुविधा उपलब्ध गराउन थप सदस्य सुविधा काउन्टर सञ्चालनमा ल्याएको बताए । उनले भने- ‘हामी उपत्यकामा अझै केही सदस्य सुविधा काउन्टर सञ्चालन गर्नेछौँ ।’

संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले देशको सदस्यलाई थप सेवा दिन नयाँ बजारका सातौँ सदस्य सुविधा काउन्टर स्थापना गरेको जानकारी दिए । भण्डारीले नेपालको उत्कृष्ट सहकारी संस्थाको पहिचान दिन सफल संस्थाले थप सुविधा विस्तार गर्ने लैजाने बताए । उनले आगामी वर्षमा थप नयाँ कार्यक्रम र योजनाहरू अगाडि बढाउँदै लैजाने जानकारी दिए ।

पुल्चोकमा मुख्य कार्यालय रहेको संस्थाले यसअघि ललितपुर चापागाउँ, काठमाडौंको चाबहिल र न्यूरोड, भक्तपुरको कौशलटार र चितवन जिल्लाको पर्सामा सदस्य सुविधा काउण्टर सञ्चालन गरिसकेको छ । प्रमुख कार्यकारी अधिकृत भण्डारीले संस्थाले आफ्ना शेयर सदस्यहरूलाई प्रभावकारी ढंगबाट सेवा-सुविधाहरू उपलब्ध गराएको पनि जानकारी दिए ।

बताइएअनुसार संस्थाले हालसम्म करिब ३ सय भन्दा बढीलाई प्रत्यक्ष रुपमा रोजगारी दिएको छ । वि.सं. २०५६ भदौ १८ गते दर्ता भइ असोज १५ गतेबाट कारोबार सुरु गरेको संस्थाले बागमती प्रदेशको उत्कृष्ट सहकारीको पहिचान बनाएको छ ।

सो संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत बहुउद्देश्यीय लगानीमा स्वास्थ्य क्षेत्रतर्फ श्री लालीगुराँस हस्पिटल, शिक्षा क्षेत्रतर्फ श्री लालीगुराँस राष्ट्रिय उच्च मावि÷कलेज र नेशनल एकेडेमी, डेरी परियोजनातर्फ चितवनको खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर, ललितपुरको गोदावरीमा श्री लालीगुराँस दुग्ध प्रशोधन उद्योग, उर्जा क्षेत्रतर्फ सिन्धुपाल्चोकको लार्चामा भैरवकुण्ड हाइड्रोपावर लगायतसंघ संस्थामा लगानी गरेको छ ।

संस्थाबाट सञ्चालित कार्यक्रमलाई स्तरीय, सरलीकृत तथा प्रभावकारी रुपमा सञ्चालन गर्न आफ्ना सम्पुर्ण कर्मचारीलाई समय–समयमा तालिम दिइरहेको छ । संस्थाले निकट भविष्यमा उपत्यकाभित्र र बाहिर गरी थप ५ स्थानमा थप सदस्य सुविधा काउण्टर बिस्तार गर्ने तयारीमा रहेको बताइएको छ ।