गुणमूर्ति ब्रह्मा बाबा-ब्रह्माकुमार रामसिंह ऐर

गुणमूर्ति ब्रह्मा बाबा-ब्रह्माकुमार रामसिंह ऐर


बाबाको चित्र र चरित्र बाहिरी आँखा र अन्तर चक्षुबाट जब अगाडि आउँछ, मन खुसीले गद्गद् हुन पुग्दछ । मनले बुद्धिलाई भन्दछ कि बाबा एक सौम्य र भव्य मूर्ति हुनुहुन्थ्यो तथापि उहाँमा एउटा कुन अचम्मको गुण थियो, जसले उहाँसँग भेट्ने व्यक्तिमा आफ्नो अमिट छाप बनाउनुहुन्थ्यो । बुद्धि निष्कर्षमा पुग्छ कि बाबामा अनेक दिव्यगुणहरूको यस्तो समन्वय थियो जसरी महमा धेरै फूलहरूको रस मिलेर एउटा तार र धार बनेको हुन्छ तथा गुलियो र मीठो हुन्छ । त्यसैले भनिन्छ महजस्तो मीठो भन्ने उक्ति प्रसिद्ध छ । त्यस्तै बाबा पनि सबै गुणहरूबाट मनमोहक हुनुहुन्थ्यो तथा अन्य आत्माहरूमा पनि महजस्तै मिठास भरिदिनुहुन्थ्यो । त्यसैले होला उहाँको निवास गर्ने स्थानको नाम नै ‘मधुवन’ पर्न गएको छ ।
जब ब्रह्माबाबाको चित्र र चरित्र एक चलचित्रको रूपमा मानसपटलमा उत्रिन्छ, त्यो सबै कुनै न कुनै दिव्य गुणको आलेखका रूपमा देखापर्छ । बाबाको प्रत्येक हाउभाउ, उहाँका शब्द, भावना, विचार, उहाँको मुखमण्डलको मुस्कान आदि सबै दिव्य गुण तथा ईश्वरीय सेवाका निम्ति नै हुने गर्दथे । उहाँले आँखा दृष्टिबाट सबैलाई ईश्वरीय प्यारले सिच्नुहुन्थ्यो । जसमाथि बाबाको दृष्टि पर्दथ्यो उनीहरू नजरबाट निहाल हुन्थे भने सुशुप्त रूपमा रहेको आत्मा जागृत हुन पुग्दथ्यो । बाबाको दृष्टिमा डुबेर हर्ेदा त्यसबाट अभूतपूर्ण शान्ति, आनन्द र प्रकाशको अनुभव हुने गर्दथ्यो । बाबाको दृष्टिबाट निहाल हुँदा मानिसको देहभान र देहअहंकार नै समाप्त हुने गर्दथ्यो । मोह-ममताको राग नष्ट भएर एक निर्दोषपनको अनुभव हुन्थ्यो तथा जीवनमा महान् प्राप्तिको अनुभव हुने गर्दथ्यो । उहाँसँगको नयन मुलाकातमा आत्मामा यो भाव झङ्कृत हुन जान्थ्यो कि ‘तुम्हे पा के हमने जहाँ पा लिया है ।’ बाबाको प्यार केवल प्यार मात्रै हुँदैनथ्यो साथै त्यसमा ज्ञान, योग र सेवासमेत गाँसिएको अनुभव हुन्थ्यो । संसारमा पनि अन्य कसैले प्यार गर्दछ भने त्यसमा प्यारको अनुभव त हुन्छ नै तर त्यसबाट मानिसको जीवनमा मोह नष्ट हुने, सन्देह नासिने र उच्चतम त्यागका लागि प्रेरणा मिल्न सक्दैन । अतः बाबाको प्यार केवल प्रेममय मात्रै नभएर ज्ञानमूर्ति, योगमूर्ति, सेवामूर्ति र कल्याणमूर्ति बनाउने खालको थियो । बाबासँगको सान्निध्य पनि अनेक उपलब्धिको अनुभवी बनाउने कारण बन्दथ्यो । यदि त्यो सान्निध्य साँझपख हुन्थ्यो भने दिनभरिको थकान मेटाउने खालको हुन्थ्यो तथा प्रातः कालको नयन मुलाकात दिनभरिका लागि अनेक उत्साहका नयाँनयाँ तरङ्गहरू उत्पन्न गर्ने डोज -खुराक) बन्न पुग्दथ्यो । जीवनमा जस्तोसुकै चुनौतीलाई समेत स्वीकार गर्न सक्ने र हाँक्न सक्ने शक्ति प्राप्तिको आभास हुन्थ्यो । बाबाको व्यक्तित्व एक आध्यात्मिक चुम्बकसमान थियो जसबाट जीवनमा शान्ति र शीतलताको अनुभव हुनुको साथै भित्री नसानसामा खुसी र हर्षको तरङ्ग एवम् मुस्कान भर्ने काम गर्दथ्यो ।
ब्रह्मा बाबाको जीवनमा एउटा मुख्य विशेषता के थियो भने उहाँ आत्मस्वरूप निष्ठ हुनुहुन्थ्यो । उहाँलाई परमात्मा शिव ज्योतिर्बिन्दुको अङ्गसँग रहने यस्तो अनुपम अभ्यास थियो कि उहाँहरू दुवै सायद अलग हुनुहुन्थ्यो । उहाँले भोजन स्वीकार गर्दा पनि भन्ने गर्नुहुन्थ्यो यद्यपि यी हात मेरा हुन् तर यी हातहरूबाट शिवबाबा यस बच्चा -ब्रह्मा) लाई खुवाइराख्नुभएको छ । जब उहाँ स्नान गर्नुहुन्थ्यो त्यहीबेला कतैबाट फोन ट्रङ्कल आएमा पनि उहाँ भन्नुहुन्थ्यो कि बच्चे उनीहरूलाई भनिदिनु कि बाबा अहिले शिवबाबामाथि लोटी चढाइरहनुभएको छ । यस्तो पनि भन्नुहुन्थ्यो कि शिवबाबा यस बच्चालाई स्वयम् स्नान गराइरहनुभएको छ । यसरी शरीरसँग सम्बन्धित काममा पनि उहाँले शिवबाबाको मनन, चिन्तन, स्मरण, गुणानुवाद, गायन आदिलाई स्वाभाविक स्वभाव बनाएर स्वयम्लाई मायाको अशुद्ध प्रहारबाट मुक्त गरिसक्नुभएको थियो ।
उहाँको न्रि्रा पनि योग न्रि्रासमान नै थियो भने सपनामा पनि विश्व कल्याणको नै सपना देख्नुहुन्थ्यो । उहाँको योगरुढ अवस्था सदा जलेको ज्योतिसमान हुने गर्दथ्यो । जब कुनै पनि व्यक्ति उहाँको सान्निध्य प्राप्त गर्दथे अथवा सामुन्ने बस्दथे भने उहाँको प्रखर दीपशिखाले त्यस व्यक्तिको पनि ज्योति जाग्ने गर्दथ्यो । उहाँका दृष्टिमा हर्ेदा सूक्ष्म, सुखमय लोकको अनुभव हुने तथा बिनामिहिनेतले अलौकिक हलुकापन आउने तथा देहको अशुद्ध आकर्षण मेटिने गर्दथ्यो । उनीहरूको मनोविकारको स्थिति शान्त हुने, अवर्णनीय शान्तिको अनुभव हुने तथा जन्मजन्मको पुण्यको फल प्राप्त भएको अथाह खुसी प्राप्त हुने गर्दथ्यो ।
ब्रह्माबाबा सादगी र सद्व्यवहारका एक जीवन्त नमुना हुनुहुन्थ्यो । उहाँ एउटा सानो कोठामा बस्नुहुन्थ्यो जो पुरानो ढङ्गको थियो । जसको छाना पनि टिनले छाएको थियो । त्यही कोठामा उहाँ आगन्तुकसँग भेटघाट गर्ने, अतिथि र बच्चाहरूलाई भेट्ने तथा त्यसैमा बसेर पत्र आदि लेख्नुहुन्थ्यो । त्यही कोठामा आएर कसैले आफ्नो दिलमनको कुरा साटासाट गर्ने, परामर्श र मार्ग पर््रदर्शना आदि लिने गर्दथे । त्यही कोठा नै उहाँको शयनकक्ष, भोजनकक्ष, सानो कार्यालय कक्ष थियो । तर, त्यहाँ कुनै पनि प्रकारको आधुनिक फर्निचर थिएन न त कुनै कार्पेट नै बिछ्याइएको थियो । न डबल र्फम, न ब्ष्च ऋयलमष्तष्यल आदि केहीको सुविधा थिएन । बरु एउटा ठूलो गद्दी थियो जसमा उहाँ स्वयम् बस्नुहुन्थ्यो र कोही आउँदा पनि त्यसैमा बसाउनुहुन्थ्यो । बच्चाहरूलाई प्यार दुलार गर्ने तथा मीठो मिष्ठान्न खुवाउने गर्नुहुन्थ्यो । सफेद गद्दी, सफेद च्यादर, भित्तामा सेतो चुना पोतेको, अलमारीसमेत सेतो रंगको जो अत्यन्तै शोभायमान लाग्दथ्यो । त्यस्ता श्वेत वस्त्रधारी बाबाको सामुन्ने बसेर उहाँको पावनकारी वार्ता सुन्दा मनको सम्पूर्ण कालोपन मेटिने तथा अन्तस्करण निर्मल बन्न पुग्दथ्यो । बाबामा न कुनै शारीरिक ठन, वन, शृङ्गार, माला, तिलक थियो । एकदमै सादगीपन तथा उच्च विचारबाट हजारौँ हजारको जीवनमा नयाँ प्रेरणा, प्रोत्साहन र हौसला प्रदान गरी मानसिक विकारलाई विजयी बनाउने शक्ति दिने कार्य गर्नुभयो ।
बाबाले हरेकको एक-एक पैसाको पनि कदर राखर्ी ईश्वरीय कार्यमा लगाउनुभयो । जसकसैले पनि यज्ञका लागि रकम प्रदान गर्दथ्ो बाबा त्यसको एक-एक पैसाको पनि सदुपयोग गर्ने कुराम ध्यान दिनुहुन्थ्यो । जसले गर्दा यज्ञका लागि आवश्यक पूर्वाधार निर्माणका कार्य कम मूल्यमा नै सम्पन्न हुन पुग्दथ्यो । जो पनि नयाँ भवन बन्दथ्यो बाबाले तिनीहरूको कहिल्यै पनि प्रयोग गर्नुभएन । केवल यज्ञवत्सहरू र आगन्तुक ज्ञानपिपासुलाई प्रयोग गराउनुहुन्थ्यो । बाबाले आफ्नो जीवनपर्यन्त त्यही सानो कोठालाई प्रयोग गर्नुभयो । बाबा भन्ने गर्नुहुन्थ्यो बच्चे यो बाबा त विश्वसेवक हो । सेवक, सेवक क्वाटरमा नै रहन्छ । नयाँ घरमा त मालिकहरू बस्छन् । बच्चाहरू मालिक हुन् । बाबा बच्चाहरूको सेवक मात्रै हो । यसप्रकारको त्याग, सेवा र सादगीको लामो कथा छ ब्रह्माबाबाको । उहाँका गुण र मूल्यहरूको व्याख्यानले एउटा लामो दस्तावेज नै बन्न सक्दछ तर त्यो सबै यस लेखमा सम्भव नभ्ाएको कुरा पाठकवृन्दमा निवेदन गर्न चाहन्छु, आगामी दिनहरूमा प्रयत्न गर्नेछु ।
ब्रह्माबाबाले गरेको त्याग, तपस्या, सेवा, सादगी, स्नेह, माधर्ुय, वात्सल्य, दुलारका प्रकम्पन, स्पन्दनका तरङ्गहरू अझै पनि त्यस मधुवन भूमिमा यथावत् रहेको अनुभव हुन्छ । त्यहाँ बस्ने आत्माहरूलाई त्यसबाट निरन्तर आध्यात्मिक बल मिलिरहेको छ भने नयाँ आगन्तुकहरूका लागि पनि अलौकिक अनुभूतिको आधार बनेको छ । विश्वमा शान्ति, प्रेम, अहिंसा, सदाचार, एकता र जीवन मूल्यको पुनर्स्थापन गर्न ब्रह्माबाबाले गर्नुभएको महान् कार्यको फलस्वरूप आज ब्रह्माकुमारी मिसन विश्वका १३७ राष्ट्रमा सबै धर्म, जाति, रंग, लिङ्ग, मान्यता, तह, तप्का र वर्गका मानिसलाई विश्व एक परिवार हो र एक परमात्माको सन्तती हो भन्ने चेतना अभिवृद्धि गराई एकताको सूत्रमा आबद्ध गर्न समूल हुँदै गइरहेको छ । आशा छ निकट भविष्यमा यस अभियानले अझ तीव्रता प्राप्त गरी नवविश्व निर्माणको कार्यलाई सफलतापूर्वक सम्पन्न गर्नेछ । १८ जनवरीको पावन बेलामा यस महानतम् कार्यका अग्रदूत, युगपुरुष महान् तपस्वी, विश्व शान्तिका प्रणेता ब्रह्माबाबाको ४३औँ स्मृति दिवस सो विश्व शान्ति दिवस ९ध्यचमि एभबअभ म्बथ) को पुण्यबेलामा सबैको आत्म उन्नतिको मंगलमय कामना तथा पिताश्री ब्रह्माबाबामा श्रद्धासुमन अर्पण गर्दछु ।