परम्परावादी र चलाखहरूको घुमाइमा सुशील-देउवा

परम्परावादी र चलाखहरूको घुमाइमा सुशील-देउवा


-युवराज वस्ताकोटी
नेपाली काङ्ग्रेस पार्टीको ऐतिहासिक छवि जोगाइराख्न बहालवाला नेताहरू कति सक्षम हुनेछन् भन्ने त भविष्यले नै बताउला । आन्तरिक कलह, तँछाड-मछाड र अस्वस्थ प्रतिस्पर्धायुक्त आजको नेतृत्वमा रहेका व्यक्तिहरूको क्रियाकलाप हर्ेदा कुनै तेस्रो दर्जाका क्षमता भएका विद्यार्थी-राजनीति गर्ने युवाहरूभन्दा माथि उठ्न नसकेको प्रतीत हुन्छ । सभ्यताको प्रतीक उसले चढ्ने चिल्ला गाडीहरू हुन्छन् भने बेग्लै कुरा, अन्यथा पार्टीका चालकहरू संवेदनशील, योग्य र आदर्शवादी छन् भनेर बुझनु सरासर गलत हुन सक्छ । शहरीया रेस्टुरेन्ट, होटल, क्याफे तथा नेताका बंगलाहरूमा मात्र सीमित हुँदै गएको नेकाको राजनीतिक गतिविधिले कुनै गरिब नेपालीको आर्थिक स्तर उकास्न के-कस्ता योगदान पुर्‍याउन सक्लान्, छलफलकै विषय हो । यसप्रकारको ‘रेस्ट्रोपोलिटिक्स’मा रमाउँदै आएका कैयौँ व्यक्तिहरू नेपाली काङ्ग्रेसको विभिन्न पदहरूमा निर्वाचित भएबाट बुझन सकिन्छ यस दलका झन्डै तीन लाख सक्रिय सदस्य पनि सुकिला, मुकिला र चम्किला नेतृत्वकै पछि लाग्न तत्पर छन् । सोच्नुपर्ने कुरा के छ भने नेपालको जनसङ्ख्या २.५ करोडभन्दा ज्यादा छ । विश्वका धेरै देशका बहुसङ्ख्यक जनता लोकतान्त्रिक पद्धतिमा विश्वास गर्छन् । लोकतन्त्र र आर्थिक सबलीकरण हालको विश्व जनमत हो । यसरी पूर्ण लोकतान्त्रिक पद्धति र प्रतिस्पर्धा आर्थिक भविष्यको ग्यारेन्टीका लागि नेपाली काङ्ग्रेसले के-कस्ता कार्य गर्न सक्यो र अब के-कसरी अगाडि बढ्नुपर्छ भन्ने विषयमा कसैको इच्छा भएजस्तो किन देखिँदैन – राष्ट्रिय राजनीतिलाई जनताको चाहनाअनुसार यसको नेतृत्वपूर्ण तार्किक निष्कर्षमा पुर्‍याएर देशमा अमनचयन कायम गराउनुपर्ने यो दल अबका दिनहरूमा पनि के-कसरी अगाडि बढ्ने हो निष्कर्ष निकाल्नु जरुरी छैन र – नेपाली काङ्ग्रेसको आफ्नो एजेण्डा लोकतन्त्रको मजबुतीकरण, राष्ट्रियताको सुरक्षा र आर्थिक स्वतन्त्रता तथा सम्पन्नतालाई थाती राखेर माओवादी र विदेशीहरूको जस्तो लाग्ने जातीय राज्यसहितको सङ्घीयतामा बेकार समय व्यतित गरिरहेको भन्ने आरोपलाई झुटा सावित गर्न हामीले के गर्नुपर्छ भनी यस दलले छलफल गरेको छ त –
समानान्तर शक्तिको अभ्यास गर्न नपाएको झोंकमा शेरबहादुर देउवा पूर्व र्फकने र आफूलाई सहयोग नगरेको भनेर निर्वाचित सभापति पश्चिम र्फकने हो भने नेकाका यत्रो सङ्ख्यामा रहेका कार्यकर्ता, मतदाता र शुभेच्छुकहरूमा मत विभाजन हुँदै गइरहेको यस क्षणलाई नेताद्वयले पार्टीको एकताको खातिर के-के त्याग गर्न सक्नुहोला त – कहिल्यै सोचेका होलान् –
प्रश्न हजार छन् । उत्तर उहाँहरूसँग तब मात्र हुनेछन् जब निस्वार्थताले काम गर्नेछ । साधारण जनता वा कार्यकर्ताको आँखाले हर्ेदा यी दुई नेताबारे केही कुरा गर्न सकिन्छ । शेरबहादुर देउवा एक सामान्य स्वभावका छिट्टो खुसाउने, छिट्टो रिसाउने सामान्य सोचाइ राख्ने नेता त हुनुहोला तर उहाँले संसदीय दलमा हार्नुभयो । फेरि पार्टी सभापतिको पदमा पनि हार्नुभयो । उहाँ नेकाको वरिष्ठ नेता पटकपटक प्रधानमन्त्री भएर विभिन्न कामका जस-अपजस प्राप्त व्यक्ति हुनुहुन्छ । उहाँले अहिले पार्टीभित्र भइरहेका नेताहरूसँग अनावश्यक बार्गेनिङ गर्दा ओज बढ्दैन बरु घट्छ । निःस्वार्थ र निर्ःर्सत सुशील कोइरालालाई काममा सहयोग र सुझाव प्रदान गर्दै चुपचाप आफ्नो कार्य पार्टीलाई एक ढिक्का बनाएर आउने निर्वाचनमा बहुमत दिलाउने र त्यसपछिको प्रधानमन्त्री बन्ने साथै आमकार्यकर्तालाई एउटै छत्रछाया प्रदान गर्दै आगामी महाधिवेशनमा सभापति बन्ने सान्दर्भिक अभियानमा लाग्नु श्रेयस्कर हुनेछ । देउवाले के बुझनु जरुरी छ भने उहाँलाई
उक्साउने नेताहरू केही न केही ठाउँ खोजिरहेका चलाख व्यक्तित्वहरू हुनुहुन्छ ।
यसैगरी सभापति सुशील कोइराला त्यागी र सुशील व्यक्तित्व त हुुनुहुन्छ तर परम्परागत एक-दुई व्यक्तिको सुझावमा मात्र रुमल्लिनु भइरहेको हो कि भन्ने लाग्छ । महाधिवेशन भएको १५ महिनासम्म भ्रातृ सङ्गठन विभागहरूको गठन तथा नेकाको केन्द्रीय समितिलाई पूर्णता दिन नसक्नु क्षमताको कमी अवश्य हो । पार्टीका कामहरू बाँडेर समयमै गर्दा नै पार्टीलाई हित हुन्छ । गाउँ-बस्तीमा पुग्नुपर्ने नेता-कार्यकर्ताहरू राजधानीमा घुमिरहनु कदापि राम्रो होइन । आर्थिक लाभको लोभमा सभापतिज्यू कहिल्यै देखिनुभएन । कुनै सरकारी पदको लोभ पनि गर्नुभएन । प्रसंशनीय व्यक्तित्व भएर पनि नेतृत्वक्षमतामा उठेको प्रश्नको सही उत्तर के गरी प्राप्त होला हर्ेन बाँकी नै छ । तर, ढिलो भइसकेको छ ।
स्थानीय निकायमा देखिएको चरम भ्रष्टाचारको अन्त्य स्थानीय निर्वाचनबाट मात्र सम्भव भएको यस क्षणलाई पार्टीले आफूलाई निर्वाचनको तयार अवस्थामा राख्नुपर्ने देखिन्छ । निर्वाचनबाट स्थानीय निकायको गठन एक मात्र विकल्प हो । यति भएपछि सबै दल, दलित, जनजाति, बुद्धिजीवी, पेसाकर्मी तथा कर्मचारीहरूले देशको खातिर निर्वाचन सफल बनाउन लाग्नुपर्छ । यसरी हुने स्थानीय निर्वाचनमा हार्‍यो भने नेका भन्ने पार्टी नेपालको राजनीतिमा एउटा कालखण्डको इतिहासका पानाहरूमा मात्र हुन सक्छ । जीवन्त पार्टीका रूपमा यसलाई राख्ने हो भने सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेल -नेतात्रय) बसेर केही न केही निर्णय लिनु जरुरी छ । जहाँ व्यक्तिगत स्वार्थ गौण होस् ।