खुम्चेको सोच

खुम्चेको सोच


  • रुक्मिणी अमात्य

आफ्नै लागि सोच्छन् यहाँ
कसले चिन्छ आफन्त को ?
तल्लिन छन् आफ्नै लागि यहाँ
कसले डोऱ्याउँछ बाटो अरुको ?

सबैकोआफ्नै ब्यथा छन् यहाँ
कसले देख्छ घाउ पराइको ?
बेफुर्सद छन् सबै यहाँ
कसले बुझ्छ ब्यथा अरुको ?

लक्ष्य बुन्छन् आफ्नै लागि यहाँ
कसले चाहन्छ भलाइ सबैको ?
बुद्ध जन्मेको देश यहाँ
तर कसले पालना गर्छ पन्चशीलको ?

जन्मेकी थिइन् भृकुटी यहाँ
तर कसले अनुशरण गर्छ त्याग उनको ?
सपना बुन्छन् सबैले यहाँ
तर राम्रो नराम्रो छुट्टाउने को ?

सबैको आफ्नै तर्क छन् यहाँ
केवल ब्यर्थ बेफुर्सदी को ?
यसरी नै सबै ब्यस्त छन् यहाँ
तर आमाको मर्म बुझ्ने को ?

  • हाल : बेल्जियम