सत्य

सत्य


  • रामचन्द्र ढकाल

भेटिन्छन् धेरै यहाँ, फकाइ फुलाइ गलाउनेहरू
रमाएको देखिन्छन् ति, अरूलाई जलाउनेहरू ।

खोजी गर्छन् कति यहाँ, राम्रो काम गर्ने मान्छे
भित्रभित्रै जलिरहन्छन्, मन कैँची चलाउनेहरू ।

कठै कस्तो बात उन् को, बिगारेर जानु किन
चिल्ला कुरा गर्ने गर्छन्, खुट्टा तानी ढलाउनेहरू ।

कैले यसो कैले उसो, समस्या नै भए जस्तो
स्वाङ मात्र पार्ने रैचन्, अर्कालाई दलाउनेहरू ।

कुल ठुलो हेर्ने भन्छन्, नाता जोड्न सबै यहाँ
सभ्य हुन सक्दैनन् है, टुप्पाबाट पलाउनेहरू ।

मिलीजुली गर्नुपर्छ, सहि सत्य काम पनि
सबैतिर ठिक्क पार्छन्, गट्टे आगो बलाउनेहरू ।

पढी ज्ञानी सबै सिक्नु, दर्शनपछि ध्यान पनि
सभ्य सौम्य सधैं तिनै, राम्रो फल फलाउनेहरू ।

  • कोमल, काठमाडौं