एमालेले मात्रै देशमा स्थिरता दिन सक्ने केपीको दाबी

एमालेले मात्रै देशमा स्थिरता दिन सक्ने केपीको दाबी


photo rss

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले मात्र देशमा स्थिरता र स्थायित्व दिन सक्ने बताएका छन् ।

सो पार्टीद्वारा बिहीबार धनगढीमा आयोजित चुनावीसभामा पूर्वप्रधानमन्त्री ओलीले नेपाललाई विकास र सुशासनको बाटोमा लैजान स्थिरता र स्थायित्वको आवश्यकता रहेकोमा जोड दिँदै एमालेले मात्रै स्थिरता दिन सक्ने बताए । उनले भने, ‘राष्ट्रियताको संरक्षण र देशमा विकास र समृद्धि ल्याउन सक्ने शक्ति एमाले मात्रै हो ।’

सभामा एमालेका केन्द्रीय सचिव लेखराज भट्टले पनि समसामयिक विषयमा मन्तव्य दिएका थिए ।

यस्तै, कञ्चनपुरको बेलौरीमा बिहीबार नै आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आसन्न स्थानीय तहको निर्वाचनमा केन्द्र र प्रदेश सरकारसित समन्वय गरेर विकास निर्माण र जनताका समस्या समाधान गर्न एमालेबाट उम्मेदवार बनेकालाई जिताउन आग्रह गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले स्थिरता र स्थायित्वका लागि सुदृढ राजनीतिक शक्ति चाहिने भन्दै यस्तो शक्तिलाई विजय गराउन नागरिकसँग आग्रह गरेका हुन् ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को आकाङ्क्षा लिएर राष्ट्र निर्माणमा जुट्न पनि सबैसँग आग्रह गर्दै उनले एमाले सरकारमा रहँदा जनताका लागि हितकारी काम गरेको दाबी गरे ।