सन् २०२०-२१ मा कोभिडका कारण एक करोड ४९ लाखको ज्यान गएको डब्लुएचओको अनुमान

सन् २०२०-२१ मा कोभिडका कारण एक करोड ४९ लाखको ज्यान गएको डब्लुएचओको अनुमान


सन् २०२० र २०२१ मा कोभिड-१९ महामारी यस यसका कारण सिर्जित अन्य समस्याका कारण विश्वभर कम्तीमा एक करोड ४९ लाख मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ ।

बिहीबार सार्वजनिक अनुमानित तथ्याङ्कअनुसार यो रोगका कारण मृत्यु हुनेको संख्या यसअघि विभिन्न मुलुकबाट सार्वजनिक गरिएको तथ्याङ्कभन्दा तीन गुणासम्म बढी रहेको हुनसक्ने डब्लुएचओले जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय स्वास्थ्य संस्थाले भनेको छ, ‘विश्व स्वास्थ्य संगठनको नयाँ प्रक्षेपणअनुसार जनवरी १, २०२० देखि डिसेम्बर ३१, २०२१ को बीच कोभिड-१९ महामारीसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित सबै मृत्युको सङ्ख्या करिब एक करोड ४९ लाख रहेको देखिएको छ ।’