तान्जानियामा नौ महिनामा सडक दुर्घटनामा एक हजारभन्दा बढीको मृत्यु

तान्जानियामा नौ महिनामा सडक दुर्घटनामा एक हजारभन्दा बढीको मृत्यु


तान्जानियामा जुलाई २०२१ देखि मार्च २०२२ सम्म भएका १,५९४ सडक दुर्घटनामा कम्तीमा १,१९१ जनाको मृत्यु भएको एक क्याबिनेट मन्त्रीले बिहीबार संसदमा बताएका छन् ।

सोही अवधिमा सडक दुर्घटनामा २ हजार १३९ जना घाइते भएको गृहमन्त्री हमाद युसुफ मसौनीले जानकारी दिए । जुलाई २०२० देखि मार्च २०२१ सम्म १,२२८ सडकबाट ९९९ जनाको मृत्यु भएको थियो।

जुलाई २०२० र मार्च २०२१ को बीचमा, १,२२८ सडक दुर्घटनाहरूमा ९९९ व्यक्तिको मृत्यु भएको थियो जसमा १,५८९ जना घाइते भएका थिए । मन्त्री मसौनीले राजधानी डोडोमाको सदनलाई २०२२/२०२३ आर्थिक वर्षको लागि आफ्नो मन्त्रालयको बजेट प्रस्तावहरू प्रस्तुत गर्दा सो कुरा उल्लेख गरेका हुन् ।

‘यस तथ्याङ्कले ३६६ सडक दुर्घटनामा वृद्धि भएको देखाएको छ जुन २९ दशमलव ८ प्रतिशतले बढेको छ,’ मन्त्रीले भने । उनका अनुसार अधिकांश दुर्घटना लापरबाही, खराब सवारी साधन र खराब सडकका कारण हुने गरेको छ ।

मसौनीले सडक दुर्घटनामा संलग्न रहेको भन्दै कारबाहीस्वरुप प्रहरीले ८७ चालकको सवारी चालक अनुमतिपत्र खारेज गरेको र १४१ चालकको विभिन्न अवधिको सवारी चालक अनुमतिपत्र निलम्बन गरेको पनि बताएका छन् ।