आजको पञ्चाङ्ग एवम् राशिफल (२४ वैशाख २०७९ शनिबार, ७ मे २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२४ वैशाख २०७९ शनिबार, ७ मे २०२२)


■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ वसन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं.२०७९ वैशाख २४ गते शनिबार तद्अनुसार सन् २०२२ मे ७ तारिख वैशाख शुक्लपक्षको षष्ठी तिथि ११ः४४ पर सप्तमी तिथि पुनर्वसु नक्षत्र ९ः४० पर तिष्य नक्षत्र शूल योग गर करण आनन्दादिमा छत्र योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहला । काठमाडौँमा सूर्योदय बिहान ५ः२२ मा भयो र सूर्यास्त साँझ १८ः४० मा हुनेछ । किराँत समाजसुधार दिवस ।

आजको राशिफल

मेष – कठोर प्रयासले काममा सफलता प्राप्त हुनेछ । अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । जोखिममा नपर्नु हितकर हुनेछ । जीवनमा सुख वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । कार्यव्यापारमा सफलता प्राप्त हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ

वृष – व्यक्तिगत महत्व बढ्नेछ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिनेछ । आँटेको काममा सफलता मिल्नेछ । अरुबाट आलोचना हुने, काममा बाधा आउने, धनमाल हराउने, सम्भावना पनि रहेको छ । तर इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख पनि मिल्नेछ । आरोग्यता बढ्ला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – नयाँ सम्भावना देखापर्ने छ । आत्मविश्वास बढ्नेछ। रोकिएका काम बिस्तारै बन्नेछन् । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । जिम्मेवारी भने बढिरहनेछन् । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । कार्यगति वृद्धि हुनेछ । समृद्धि बढ्नेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – व्यस्तता वृद्धि हुनेछ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । ऋण,रोग र शत्रुमाथि ध्यान दिनुपर्ला । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – उत्साहवर्द्धक समय रहला । धन बढ्नेछ । आजको दिन नयाँ काम सुरु शुरु गर्दा राम्रै हुनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । नयाँ प्रेम गर्ने अवसरका साथै प्रेम विवाहमा परिणत हुने योग छ । ऋण रोग र शत्रुप्रति विजय प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ ।

कन्या – भागदौड व्यस्तता बढ्नेछ । कर्मको उचित प्रतिफल पाइनेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । स्थायी सम्पत्ति बढाउन सकिनेछ । जोखिममा नपर्नु हितकर हुनेछ । अरुको भर नपर्नु हितकर हुनेछ ।

तुला – आर्थिक प्रगति होला र मनमा सन्तुष्टि पनि मिल्नेछ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । रुचिका विषयमा लगानी बढाउने समय छ। विभिन्न अवसरले पछ्याउनेछन् । मान सम्मानमा निरन्तर बृद्धि भैरहनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – समय मिश्रित फलदायक रहला । विवादमा नपर्नु हीतकर होला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । आफन्तबाट टाढिनुपर्ने समय छ । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ । आरोग्यता बढ्ला । ऋण रोग र शत्रुमाथि ध्यान राख्नुपर्नेछ । भोगविलासमा आकर्षण बढ्नेछ ।

धनु – नसोचेको ठाउँबाट धनको आगमन हुने योग छ । समय लागे पनि कार्य सम्पादन हुनेछन् । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । भागदौड वृद्धि हुनेछ । रोकिएको काम बन्नुका साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । दैनिक काममा सफलता मिल्नेछ । विवादमा नपर्नु बेस होला । अरुको भर नपर्नु नै हितकर रहला ।

मकर – आशा उत्साह बढ्ला । रसराग प्रेममा सफलता मिल्नेछ । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । विवेकले काम लिने प्रयत्न गर्नुहोला । विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । आफन्तको साथ मिल्नेछ । आयस्रोत बढ्ला । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु हितकर रहनेछ ।

कुम्भ – आजको दिन प्रयासरत काम बन्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । मान प्रसंशा बढ्नेछ तर स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । आलस्यले गर्दा अवसर गुम्न सक्छ। आर्थिक कारोवार अति आवश्यक अवस्थाबाहेक नगर्नु नै उचित हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।

मीन – आरोग्यता एवम् सुख शान्ति बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।तर अरूको भरपर्दा काम रोकिन सक्छ । हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । तत्काललाई ठूलो फाइदा नउठे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ । रसरागमा रुचि बढ्नेछ । खेलकूद र भ्रमणमा आकर्षण बढ्नेछ । सुखको वस्तुको लागि धन खर्च गर्नुहुनेछ । पराक्रम बढ्नेछ ।