केपी ओलीको चुनावी दौडधुप, : शनिबार प्रदेश १ मा चार कार्यक्रम, आइतबार भरतपुरमा सम्बोधन गर्ने

केपी ओलीको चुनावी दौडधुप, : शनिबार प्रदेश १ मा चार कार्यक्रम, आइतबार भरतपुरमा सम्बोधन गर्ने


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज शनिबार एकै दिन प्रदेश १ का चार स्थानमा हुने चुनावीसभालाई सम्बोधन गर्दैछन् ।

मोरङको विराट चोक, सुनसरीको धरान, इटहरी र इनरुवामा हुने चुनावी सभालाई सम्बोधन गर्ने ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए ।

यसअघि प्रदेश १ कै झापाको विभिन्न स्थानमा भएका चुनावी सभालाई ओलीले सम्बोधन गरिसकेका छन् ।

आइतबार भने उनी राजनीतिक रूपमा चर्चित रहेको चितवनको भरतपुर महानगरपालिकामा आयोजना हुने चुनावी सभामा सहभागी हुने कार्यतालिका छ । त्यसपछि उनी रुपन्देहीको बुटवल जानेछन् ।

निर्वाचनमा प्रचार गर्ने केही दिन मात्र बाँकी रहेको बेला अध्यक्ष ओली चुनावी दौडधुप बढेको छ ।

उनले स्थानीय तहमा एमाले फेरि पहिलो दल हुने दाबी गर्दै आएका छन् । विकास र समृद्धिका लागि भन्दै चुनावी सभालाई सम्बोधनको क्रममा जनतासँग मत माग्ने गरेका छन् ।