जापानमा ६.१ र ताइवानमा ६.३ म्याग्नीच्युडको भूकम्प

जापानमा ६.१ र ताइवानमा ६.३ म्याग्नीच्युडको भूकम्प


जापानमा भूकम्प गएको छ । देशको योङगाउनीमा सोमबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । युरोपेली मेडिटेरानेन सिम्मोलोजिकल सेन्टर (इएमएससी)ले स्थानीय समय अनुसार बिहान ११.५३ बजे भूकम्प गएको हो ।

भूकम्पका कारण भएको कुनै क्षतिको विवरण भने प्राप्त भइनसकेको सरकारी अधिकारीहरुले जनाएका छन् । अहिले विवरण संकलनको काम भइरहेकाले थप विवरण पछि सार्वजनिक गरिने उनीहरुको भनाइ छ ।

जापानमा बेला बेलामा यस्तै भूकम्प गइरहने गरेको छ ।

उता ताइवानको तटीय क्षेत्रमा सोमबार दिउँसो ६.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौर्गभिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ ।

राजधानी ताइपेईका भवनहरु र टापुभरि कम्पन महसूस गरिएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । यद्यपि क्षतिको तत्काल कुनै समाचार प्राप्त नभएको जनाइएको छ ।

ताइवान र वरपरका क्षेत्रहरुमा नियमित रुपमा भूकम्पको चपेटामा पर्ने गरेको पाइन्छ ।