आज काठमाडौंमा चुनावी सभा गर्दै एमाले, ओलीले सम्बोधन गर्ने

आज काठमाडौंमा चुनावी सभा गर्दै एमाले, ओलीले सम्बोधन गर्ने


file photo

स्थानीय तहको निर्वाचनको मौन अवधि सुरु हुन केही घन्टा मात्र बाँकी रहँदा नेकपा (एमाले)ले आज काठमाडौंको भृकुटीमण्डपमा चुनावीसभा आयोजना गर्ने भएको छ ।

एमाले काठमाडौं जिल्ला कमिटीको आयोजनामा दिउँसो २ बजे हुने सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

एमाले काठमाडौं जिल्ला कमिटी सचिव राजेश शाक्यका अनुसार वडा–वडादेखि आउने जुलुसरर्‍याली सभास्थल जानेछन् ।

ज्ञातव्य छ, आज (मंगलबार( राति १२ बजेदेखि दलहरुले चुनाव प्रचार गर्न पाउने छैनन् ।