स्थानीय निकायको निर्वाचनको मौन अवधि सुरु हुनु भन्दा अगाडि पर्वतको कुश्मा नगरपालिकामा विविध राजनीतिक दलहरुले आफ्नो प्रचारका लागि घरदैलो अभियान लाइ तीव्र पारेका छन् । प्रचारप्रसारको अन्तिम दिन भएकोले हुन सक्छ, उम्मेदवारहरु आफ्ना कुरा मतदातामाझ राख्नका लागि मतदाताका ढोका ढोका पुगिरहेका देखिन्छन् ।
यसै क्रममा पर्वतस्थित नेकपा एमालेका वडा नम्बर ५ का उम्मेद्वार ज्ञानेन्द्रकुमार जोशीचाहिँ अरु भन्दा फरक तरिकाले आफ्ना मतदातासँग मत मागिरहेका देखिए ।

आफूलाई मत दिएर निर्वाचित गराइदिएको खण्डमा जनताका साना भन्दा साना कामलाई सुक्ष्म तवरले हेरेर काम गर्ने अठोट गरेका जोशीले आफूले निर्वाचित भएपश्चात जनताले तिरेको करबाट लिने कुनै रकम नलिने र त्यहाँबाट आउने कुनै रकमलाई जनताकै सेवामा लगाउने प्रतिवद्धता गरिरहेका देखिए ।
भष्टाचारमा सुन्य सहनशीलताको नीति लिएर काम गर्छु भनेर आफ्नो उम्मेदवार दिएका जोशीले पछिल्लो ५ वर्ष कुश्मा नगरपालिकामा भएका गलत कृयाकलापलाई समेत उजगार गरेर जनतामाझ ल्याउने बताए ।
राजनीति सेवा हो पेशा होइन भन्ने जोशी आफ्नो सम्पूर्ण ध्यान जनताको सेवामा समर्पित गर्दै आफूले आजसम्म सिकेको, बुझेको अनुभवलाई वडामा प्रयोग गरेर वडालाई नमुना वडा बनाउने प्रतिवद्धता जनाइरहेका देखिए ।

निर्वाचित भएमा आफूले प्राप्त गर्ने पारिश्रमिक समेत वडामा रहेका सबै जातजातिका असाहाय, गरिव बालबालिकाका लागि शिक्षा तथा जेष्ठ नागरिकका पक्षमा खर्च गर्ने र निमुखा नागरिकहरुको स्वास्थ्यका लागि उपयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
कुश्मा नगरपालिका वडा नम्बर ५ का एमाले अध्यक्ष टंक लामिछानेले जोशीको चुनावी कमान्डर बनेर जोशीसँगै घरदैलो अभियानमा साथ दिइरहेका छन् भने , कुश्मा बजारमा लामो समयदेखि बसोबास गरिरहेका जोशीको परिवार एक सफल ब्यापारी पृष्ठभूमिको साथै बजारक्षेत्रको समग्र मत पनि जोशीलाई नै जाने हुँदा ज्ञानेन्द्र जोशी निर्वाचित हुनेमा ढुक्क रहेको समेत बताए ।
गठबन्धनसँग एक्लै प्रतिष्पर्धा गरिरहेको नेकपा एमाले कुश्मा नगरपालिकामा दह्रो र सशक्त रहेको कतिपय कांग्रेस कार्यकर्ताहरुले समेत बताए ।
प्रतिक्रिया