विप्लव नेतृत्वको नेकपाबाट अलग भइ बनेको ‘नेकपा बहुमत’का संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । प्रहरीले उनलाई दाङको भालुवाङबाट पक्राउ गरेको हो ।
बास्तोलासहितको टोली पोखराबाट नेपालगन्ज जाँदै गर्दा भालुवाङबाट पक्राउ परेको हो ।
स्थानीय तहको चुनावको पूर्वसन्ध्यामा उनी पक्राउ परेका हुन् । बास्तोलाको समूहले स्थानीय तहको निर्वाचनको विरोध गर्दै आएको छ ।
प्रतिक्रिया