धर्मेन्द्र पक्राउ परेपछि बहुमत पार्टीले भन्यो- ‘सशस्त्र बहिस्कारको नीति छैन, कञ्चनलाई रिहा गरियोस्’

धर्मेन्द्र पक्राउ परेपछि बहुमत पार्टीले भन्यो- ‘सशस्त्र बहिस्कारको नीति छैन, कञ्चनलाई रिहा गरियोस्’


नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’ले पार्टीसंयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई रिहा गर्न माग गरेका छन् ।

कञ्चनलाई प्रहरीले नियन्त्रणमा लिनुलाई उनले सुनियोजित षड्यन्त्र भनेका छन् ।

‘कमरेड कञ्चन पोखरामा प्रशिक्षण सकी बाँकेस्थित घरमा जाँदै गर्दा बुटवलमा विस्फोट गराइनु र उहाँलाई गिरफ्तार गर्नु सुनियोजित षड्यन्त्र रहेको कुरा स्पष्ट छ’, बिहीबार बिहान जारी विज्ञप्तिमा भनिएको छ ।

कञ्चनको तुरुन्त रिहा गर्न माग गर्दै उनले रिहा नगरिएको अवस्थामा देशव्यापी रूपमा सङ्घर्ष गर्ने चेतावनी दिएका छन् । उनले विज्ञप्तिमा पार्टीको नीति निर्वाचन बहिस्कार गर्ने भए पनि विस्फोट गर्ने र सशस्त्र बहिस्कार गर्ने नभएको स्पष्ट पारेका छन् ।

ज्ञातव्य छ, बुधबार साँझ मात्र बुटवलमा बम विस्फोट भएको थियो । पोखराबाट नेपालगन्ज जाँदै गरेका बास्तोला पक्राउ परेका थिए ।