मौन अवधिमा एमाले अध्यक्ष ओलीको अपिल- ‘चलखेल गर्नेको पहिचान गरी सम्बन्धित निकायमा खबर गर्नुहोला’

मौन अवधिमा एमाले अध्यक्ष ओलीको अपिल- ‘चलखेल गर्नेको पहिचान गरी सम्बन्धित निकायमा खबर गर्नुहोला’


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मौन अवधिमा मतदातालाई सम्बोधन गर्दै चलखेल गर्नेको पहिचान गरी सम्बन्धीत निकायमा खबर गर्न अनुरोध गरेका छन् ।

‘मौन अवधि चलिरहेको छ । यो समयमा मतदाता भड्काउन अनेक चलखेल हुन सक्छ, त्यसता कार्य गर्ने सबैलाई प्रतिवाद गरी तिनको पहिचान गरी सम्बन्धीत निकायमा खबर गर्नुहोला,’ ओलीले एमालेको आधिकारिक फेसबुक पेज मार्फत भनेका छन् ।

उनले सबैलाई मतदान पक्रियामा सहभागी हुन पनि अनुरोध गरेका छन् ।

‘समृद्ध नेपाल सुखी नेपालीका लागि सबै सभ्य नागरिक मतदान प्रकृयामा सहभागिता हुनुहोला,’ ओलीले भनेका छन् ।