‘चितवन कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाल र स्थानीय माओवादी नेता रामचन्द्र अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भरतपुर महानगरको वार्ड नम्बर १३ मा पैसाको झोला बोकेर मतदाता प्रभावित गर्ने प्रयास गर्दैगर्दा खनाल र अधिकारी पक्राउ परेका हुन् ।
गएराति करिव १ बजेको समयमा भरतपुर वडा नं. १३ मा पैसाको झोला बोकेर शंकाष्पद गतिविधि गरिरहेको देखेपछि स्थानीय जागरुक युवाहरुले उनीहरुलाई सोधपुछ गरी नियन्त्रणमा लिएका थिए ।
पैसाको झोलासहित कांग्रेसका सभापति र माओवादी केन्द्रका नेता रातको समयमा मतदाता प्रभावित गर्न हिँडेको पाइएपछि युवाहरुले प्रहरीलाई खबर गरी जिम्मा लगाएको बुझिएको छ । स्थानीय सुत्रका अनुसार प्रहरीले नियन्त्रणमा लिएपछि गीतानगर प्रहरी चौकीमा राखेर बिहान उनीहरुलाई भरतपुर प्रहरी परिसरमा लगेको थियो । यसबारे थप विवरण प्राप्त भइसकेको छैन ।
प्रतिक्रिया