अमेरिकामा कोभिड-१९बाट मृत्यु हुनेको संख्या १० लाख नाघ्यो

अमेरिकामा कोभिड-१९बाट मृत्यु हुनेको संख्या १० लाख नाघ्यो


अमेरिकामा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । पछिल्लो समयमा अवस्थामा केही सुधार आए पनि संक्रमणका घटनामा केही वृद्धि भइरहेको छ । धेरै राज्यहरूले नयाँ नियमहरू लागू गर्न खोजिरहेका छन् ।

‘कोभिडका कारण १० लाख अमेरिकीको मृत्यु भएको छ’, राष्ट्रपति जो बाइडेनले एक विज्ञप्तिमा भनेका छन् । बाइडेनले नागरिकहरूलाई महामारीविरूद्ध सतर्क रहन र अमेरिकी संसद् कंग्रेसलाई खोप तथा परीक्षणका लागि स्रोतहरू जुटाउन आग्रह पनि गरेका छन् ।

विश्वभर कोभिड केस फेरि बढेका छन् । पछिल्ला केही हप्ताहरूमा ओमिक्रोन सबभेरियन्टका कारण संक्रमण फेरि एक पटक बढेको बताइएको छ ।

‘मलाई लाग्छ कि हामी यस्तो ठाउँमा छौँ जहाँ मनोवैज्ञानिक, सामाजिक र आर्थिक रूपमा मानिसहरू धेरै हदसम्म महामारीसँग बाँचिरहेका छन्’, न्युयोर्क विश्वविद्यालयका संक्रामक रोग विशेषज्ञ सेलिन गोउन्डरको भनाइ छ ।