यसरी भइरहेको छ काठमाडौं महानगरको मतगणना

यसरी भइरहेको छ काठमाडौं महानगरको मतगणना


काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । राष्ट्रियसभा गृहमा भइरहेको मतगणनाअनुसार अहिलेसम्म स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता लिएका छन् ।

साहले ११९ मतका साथ अग्रता लिइरहेका छन् भने एमालेका केशव स्थापितले ९७ मत लिएर बालेनलाई पछ्याइरहेका छन् । कांग्रेसकी सिर्जना सिंह ८७ मतका साथ तेस्रो स्थानमा देखिएकी छन् ।

तारजालीको घेराभित्र सीसी क्यामेराको निगरानीमा मतगणना भइरहेको छ । उम्मेदवारका प्रतिनिधिलाई देखाउँदै गणकहरुले मत गनिरहेका छन् ।