भरतपुरमा २ हजार ९६८ मतगणना हुँदा रेणु दाहाललाई ९८ मतको अग्रता
काठमाडौं महानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘बालेन’को अग्रता कायमै रहेको छ ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार साहले १५७५ मत पाएका छन् ।
उनलाई एमालेका केशव स्थापितले ९८५ मतसहित पछ्याइरहेका छन् । नेपाली कांग्रेसकी सिर्जना सिंहले ८२५ मत पाएकी छन् ।
भरतपुरमा रेणु दाहालको अग्रता
यस्तै, चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रबाट मेयरका उम्मदेवार रेणु दाहाल ९८ मतान्तरले अगाडि छन् । उनी गठबन्धनबाट उम्मेदवार बनेकी हुन् ।
२ हजार ९६८ मतगणना हुँदा दाहालले १ हजार १०५ मत पाएकी छन् भने एमालेक विजय सुवेदीले १ हजार ७ मत पाएका छन् । सुवेदीलाई राप्रपाको पनि साथ छ ।
कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३९० मत पाएका छन् ।
उपमेयरमा भने कांग्रेस अगाडि छ । कांग्रेसका चित्रसेन अधिकारीले १ हजार २२६ मत पाउँदा राप्रपाका हिमला गुरुङले ८३० मत ल्याएकी छन् ।
प्रतिक्रिया