काठमाडौंमा मतान्तर फराकिलो तुल्याउँदै स्वतन्त्र उम्मेदवार साह

काठमाडौंमा मतान्तर फराकिलो तुल्याउँदै स्वतन्त्र उम्मेदवार साह


काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो अग्रता कायम राख्दै मतान्तर अझ फराकिलो बनाएका छन् ।

मतगणनाको पछिल्लो विवरण अनुसार हालसम्म गणना गरिएको ५४११ मतमध्ये साहले १९१७ मत पाएका छन् भने उनलाई पछ्याइरहेका एमाले उम्मेदवार केशव स्थापितले ११८९ मत हासिल गरेका छन् ।

नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई ९९२ मत प्रप्त भएको छ ।

यतिबेला काठमाडौं महानगरका वडा नं. १, २, ३, ४ र ३२ नं. वडाको मत गणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । १ नं. वडाको १३०० मत गन्दा बालेन्द्र साहलाई ४४९, स्थापितलाई २०३ र सिर्जना सिंहलाई २७७ मत हासिल भएको छ ।

मतगणना जारी छ ।