पञ्चेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पुनः चन्द र भट्ट नै दोहोरिए

पञ्चेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पुनः चन्द र भट्ट नै दोहोरिए


बैतडीको पञ्चेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पुरानै व्यक्ति दोहोरिएका छन् ।

गाउँपालिका अध्यक्षमा नेकपा एमालेका गोरखबहादुर चन्द र उपाध्यक्षमा एमालेकै बिना भट्ट विजयी बनेका हुन् ।

आइतबार सम्पन्न गणनाको अन्तिम मत परिणामअनुसार अध्यक्षमा चन्द झण्डै १३ सय मतान्तरले विजयी भएका छन् । उनले ३ हजार ७ सय ८२ मत ल्याउँदा गठबन्धनका कांग्रेस उम्मेदवार रमेश भण्डारीले २ हजार ४ सय ८८ मत ल्याएका छन् ।

उपाध्यक्षमा एमालेकै बिना भट्टले ३ हजार ६४ मत ल्याउँदा गठबन्धनका उम्मेदवार नेकपा (एकिकृत समाजवादी)का राजेन्द्र चन्दले २ हजार ५ सय मत प्राप्त गरेका छन् ।

पञ्चेश्वर गाउँपालिकाको वडा नं. १ मा माओवादी केन्द्रबाट देवानीराम सार्की विजयी भएका छन् भने, वडा नं. २ मा माओवादी केन्द्रकै वीर बहादुर चन्द विजयी भएका छन् ।

वडा नं ३ मा नेकपा एमालेका मीनबहादुर चन्द बिजयी भएका छन् । वडा नं ५ मा नेपाली कांग्रेसका नरेश चन्द ४४७ मत लिएर बिजयी हुदाँ वडा नं. ६ मा एमालेका रामसिंह पुजारा विजयी हुनुभएको छ छन् । वडा न. ६मा नेकपा एमालेका जनकबहादुर चन्द विजयी भएका छन् ।

पञ्चेश्वरमा सत्ता साझेदार दलहरुले गठबन्धन गर्दा एमाले एक्लै चुनाव लडेको हो ।