भरतपुर महानगरपालिकामा तीव्र प्रतिष्पर्धा, एमालेका विजय सुवेदीको अग्रता

भरतपुर महानगरपालिकामा तीव्र प्रतिष्पर्धा, एमालेका विजय सुवेदीको अग्रता


चितवनको भरतपुर महानगरपालिकामा मेयरका उम्मेदवार एमालेका विजय सुवेदी र नेकपा (माओवादी केन्द्र)की रेनु दाहालबीच तीव्र प्रतिष्पर्धा रहेको छ । मतगणनाको पछिल्लो विवरणअनुसार एमालेको तर्फबाट उम्मेदवारी दिएका सुवेदीले अग्रता लिएका छन् ।

स्थानीय तह निर्वाचनको पछिल्लो मतगणनाको विवरणअनुसार ३९४४ मत ल्याएर उनले अग्रता लिएका छन् । उनलाई गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी दाहालले ३८९४ मत ल्याएर पछ्याइरहेकी छन् ।

भरतपुर महानगरपालिकाको १, २ र ३ वडाको जम्मा खसेको ११ हजार ३२८ मतगणनाको नतिजाअनुसार सुवेदीले अग्रता लिइरहेका हुन् । मेयरका स्वतन्त्र जगन्नाथ पौडेलले १५७२ मत ल्याएका छन् । सोमबार बिहान ११ वजेबाट ४ नं वडाको मतहरू ८ स्थानमा गणना चलिरहेको छ ।

उपमेयरमा कांग्रेकाका चित्रसेन अधिकारी चार ४७६, राप्रपाकी हिमला गुरुङ ती‍न हजार ७० ल्याएका छन् ।