मूख्यमन्त्री पनि वडामै पराजित !

मूख्यमन्त्री पनि वडामै पराजित !


राष्ट्रिय राजनीतिमा सफलता मिलेको भए पनि केही नेताहरू आफ्नो वडामा आफ्नो पार्टीका उम्मेदवारलाई चुनाव जिताउन असफल भएका छन् ।

प्रधानमन्त्री एवम् काङ्ग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख विपक्षी नेता केपी शर्मा ओली, सत्तापक्षीय नेता माधवकुमार नेपाल र बागमतीका मूख्यमन्त्री राजेन्द्र पाण्डे आफ्नै वडामा आफ्नो पार्टीलाई जिताउन असमर्थ रहे । देउवाले डडेलधुरामा, माधव नेपालले रौतहटमा राजेन्द्र पाण्डेले धादिङमा र केपी शर्मा ओलीले झापामा मतदाता नामावलीमा आफ्नो नाम राखेका छन् । र, उनीहरूले आ-आफ्नै जिल्ला पुगेर मतदान गर्दै आएका पनि छन् । तर यसपालिको निर्वाचन परिणामले उनीहरूलाई नराम्रो धक्का दियो, जबकि यसअघिको स्थानीय निर्वाचन परिणाम सम्वद्ध नेताहरूको अनुकुल थियो ।

उल्लिखितबाहेक अन्य कैयन नेताहरू पनि आफ्नै वडामा पराजित भएको अनुमान छ, निर्वाचन परिणाम प्राप्त भइसकेपछि आफ्नो वडामा पराजय ब्यहोर्ने सबै नेताहरूको नाम जानकारीमा आउने विश्वास गरिएको छ । पराजितहरूमध्ये शेरबहादुर देउवा र राजेन्द्र पाण्डे अहिले नै सत्ताको सर्वोच्च स्थानमा छन् ।

मूख्यमन्त्री पाण्डेले आफ्नो वडाको विकासमा ठूलै योगदान पनि पुऱ्याएका छन् । विकास निर्माणमा सहजताका निम्ति भनेर पाण्डेले वर्षौंदेखि आफैंले आफ्नो वडामा एक क्रसर उद्योग पनि सञ्चालन गर्दै आएका थिए ।